भिम भुसाल, नवलपुर ।
विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाईरसको जोखिमबाट बच्न सांसद एंवम् धनाढ्य अर्बपती विनोद चौधरी परिवार सहित नवलपुर आएका छन् । अधिकतम समय विदेश तथा देशको राजधानी काठमाण्डौं बस्ने चौधरी यतिवेला परिवार सहित नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्राममा नै बस्दै आएका छन् ।
करिव एक हप्ता अगाडीदेखि सांसद समेत रहेका चौधरी दुम्कौलीमा बस्दै आएका छन् । चौधरी उद्योग ग्रामको प्रशासन पक्षले भने बैठकको लागि परिवार सहित नवलपुर आएको बताएको छ । आज (आईतवार) विहान अत्यवश्यक काममले काठमाण्डौ जान लागेको र तुरुन्तै नवलपुर नै फर्कने गोप्य स्रोतले जानकारी दिएको छ । चौधरीका परिवार भने दुम्कौलीमा नै रहेका छन् ।
सांसद चौधरी शनिबार दुम्कौलीको शाश्वतधाममा आयोजित पुजामा समेत सहभागी भएका थिए । कोरोना भाइरस निर्मूल पार्न भन्दै धनाढ्य सांसद चौधरीले शाश्वतधाममा पुजा र हवन गराएका छन् । विश्व मै धनाढ्यको सुचिमा रहेका विनोद चौधरीले पुजा हवन भन्दा पनि कोरोनाको औषधी तथा सुरक्षित आवासको ब्यवस्थापनमा सहयोग गर्नुपर्ने स्थानियले माग गरेका छन् ।