
भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अत्यावश्यक बाहेक अन्य सम्पुर्ण ब्यवसाय बन्द गर्न देवचुली उद्योग वाणिज्य संघले निर्देशन दिएको छ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले जनमानसमा आक्रान्त पारेको भन्दै सुरक्षित रहन नगरभित्रका अत्यवाश्यक ब्यवसाय बाहेक अन्य ब्यवसाय बन्द गर्न निर्दैशित गरेको हो ।

आईतवार साँझ एक सुचना जारी गर्दै उद्योग वाणिज्य संघ देवचुलीले औषधी, खाद्यान्न, ग्यास ईन्धन, कृषीजन्य उपजहरु ब्यवस्थित र सुरक्षित होटल रेष्टुरेन्ट बाहेक अन्य सम्पुर्ण ब्यवसायहरु बन्द गर्न निर्देशन गरेको छ ।
नेपाल सरकारको अर्को सुचना प्राप्त नहुदा सम्मको लागि अत्यावश्यक बाहेक अन्य सम्पुर्ण ब्यवसाय बन्द गर्न ब्यवसायीहरुलाई अनुरोध गरेको हो ।