नवलपुर ।
गण्डकी प्रदेशसँग जोडिएको एक मात्र भारतीय नाका त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा सिल गरेर आवगमन ठप्प पारिएको छ। कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरले भारतसँग जोडिएको त्रिवेणी नाका सोमबारबाट सिल गरेको हो ।
गण्डक ब्यारेज पुलबाट गाडी र मोटरसाइकल समेत ओहोरदोहार गर्न नपाउनेगरी सिल गरिएको छ। सीमामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारको निर्देशनअनुसार चैत २६ गते राति १० बजेसम्म सीमानाकाबाट आउजाउ गर्न प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।