भिम भुसाल, देवचुली ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना सचेतना सहित देवचुली नगरपालिकाको वडा नम्बर ११ मा माक्स वितरण गरेको छ । नेकपाको केन्द्रिय अभियान अनुशार वडावासीमा कोरोना सम्बन्धी सचेतना सहित माक्स वितरण गरेको हो ।
आज सोमबार देवचुली ११ को धारापानी देखि पश्चिम क्षेत्रमा एक हजार पिस माक्स वितरण गरीएको देवचुली ११ नेकपा अध्यक्ष नवराज भुसालले जानकारी दिनुभयो । ३–४ जनाको समुह मिलेर स्थानियको घरघरमा पुगि सचेतना सहित माक्स वितरण गरेको भुसालले बताउनुभयो ।
भोली धारापानीदेखि पूर्वी क्षेत्र कुनाघाटमा सचेतना गरिने र पर्सि मंगलवार धारापानी देखि दक्षिण क्षेत्र नगरपालिकातर्फ कोरोना सचेतना सहित माक्स वितरण गर्ने नेकपा देवचुली ११ कमिटिले जानकारी गराएको छ ।