भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले वैदेशीक यात्राबाट नगरभित्र आउने ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्न शुरु गरेको छ। नगरभित्रका १७ वटा वडामा भारत लगाएत विश्वका अन्य मुलुकबाट नगरभित्र आएका नागरिकलाई क्वारेन्टाईनमा राख्न शुरु गरेको हो । पछिल्लो एक सातामा मात्रै देवचुली नगरपालिका भित्र १ सय २६ नागरिक नगरभित्र प्रवेश गरेका छन् । जसमध्ये ७२ जना नागरिकलाई क्वारेन्टाईनमा राखिएको छ । ८ ब्यक्तिलाई नगर भित्र रहेका सामुदायिक क्वारेन्टाईन र ६४ जना आगन्तुक नागरिकलाई निजि क्वारेन्टाईनमा बस्न लगाईएको छ ।
देवचुलीको वडा नम्बर १ मा एक जना, वडा नम्बर २ मा पाँच जना, वडा नम्बर ३, ४, ५ मा क्रमश २,३ र २ जना क्वारेन्टाईनमा राखिएको छ । त्यस्तै वडा नम्बर ९,१०,११,१२,१३,१४,१५,१६ र १७ मा क्रमश ११,१,१०,८,५,२,४,२ र ८ जनालाई क्वारेन्टाईनमा राखिएको देवचुली नगरपालिका सूचना प्रविधि अधिकृत कृष्णहरी सापकोटाले बताउनुभयो । वडा नम्बर ६,७ र ८ मा भने कुनै पनि नागरिक वैदेशिक यात्राबाट नगर प्रवेश गरेका छैनन् । वडा नम्बर १५ मा भने भारतबाट आएका नागरिकलाई फिर्ता पठाईएको छ ।
१ सय २६ नागरिक वैदेशिक यात्रावाट नगर आएका मध्ये ६४ ब्यक्ति मात्रै निजि तथा सामुदायिक क्वारेन्टाईनमा बसेका छन्।