भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा निषेधज्ञा उल्लङ्घन गर्ने ६ वटा मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी पोष्ट दलदले र औधोगिक सशस्त्र सुरक्षा बल देवचुलीले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६ सवारी साधनलाई देवचुली नगरपालिका कार्यालय अगाडीको दलदले मुण्डे सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।
कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका मोटरसाईकललाई देवचुली नगरपालिकासँग सहकार्य गरि नियन्त्रणमा लिइएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले जानकारी दिनुभयो ।
लकडाउनको तेस्रो दिनसम्म सवारी नचलाउन आग्रह गर्दा पनि सर्वसाधारणले अटेर गरेपछी देवचुली नगरपालिकाले प्रहरीको सकृयतामा सवारी नियन्त्रणमा लिन आग्रह गरेको थियो ।
नियन्त्रणमा लिईएका सवारीलाई निषेधज्ञा नखुल्दा सम्म नियन्त्रणमा राखिने र देवचुली नगरपालिकासँग समन्वय गरि कानुनी कारवाही गरेर मात्रै छोडिने प्रहरी प्रमुख रानाले जानकारी दिनुभयो । साथै भोलिबाट कडाईका साथ देवचुली नगरपालिका क्षेत्रका विभिन्न स्थानमा प्रहरी परिचालन गरिने र निषेधज्ञा उल्लङ्घन गर्ने सवारीलाई नियन्त्रणमा लिईने रानाको दाबी छ ।