
भिम भुसाल, नवलपुर ।
गण्डकी प्रदेशको एक मात्र भारतिय सिमानाका त्रिवेणीमा भारतिय नागरिक अलपत्र परेका छन् । भारतबाट कामको शिलशिलामा नेपाल आएका करिव ४५ कामदार घर फिर्ताहुन नपाएर अलपत्र परेका हुन् । अलपत्र भारतिय नागरिकलाई जिल्ला प्रहरी कार्यालयले स्थानिय तहसँग समन्वय गरि त्रिवेणी क्षेत्रको विद्यालयमा बस्ने ब्यवस्था मिलाउन लागिपरेको छ । तर स्थानियले भने भारतिय नागरिकलाई बस्न नदिने भन्दै आक्रोसित भएका छन् ।

अहिले जिल्ला प्रशासन कार्यालय, विनयि त्रिवेणी गाउपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सकृयतमा उक्त नागरिकलाई आवास तथा खानपिनको ब्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय प्रमुख दिपक रेग्मीले जानकारी दिनुभयो ।
त्रिवेणी सिमानाका पारि भारतिय भुमिमा नवलपुरका करिव ४८ नेपाली नागरिक रहेको र उनिहरुलाई भारतिय सरकारले सुरक्षित राखेको जनाईएको छ ।