
नवलपुर ।
कोराना भाईरस (कोभिड १९ ) को संक्रमण भएका व्यक्तीको फ्लाईटमा आएका नवलपरासीका ८ जना रहेको पाईएको छ । जस मध्य नवलपुरका ५ र परासी क्षेत्रका तीन जना रहेको जनाईएको छ ।
प्रहरी श्रोतका अनुसार कोराना भाईरस ( कोभिड १९ ) को संक्रमण भएका व्यक्ती चढेको बिमानमा नवलपरासी पूर्व नवलपुरका ५ र पश्चिम नवलपरासीका तीन जना रहका छन् ।
नवलपुरका तीन जनाको भने पहिचान भएको छ । उनीहरु तीनै जना अहिले क्वारेन्टाईनमा बसिरहेको जनाईएको छ । दुई जनाको पहिचान गर्ने काम चलिरहरको जनाइएकोको छ । पश्चिम नवलपरासीका तीन जनाको पहिचान गर्ने काम भईरहेको समेत प्रहरी श्रोतले जानकारी दिएको छ ।

उनिहरु गत चैत्र ६ गते दुबइको सारजहा एअरपोर्टवाट एअर अरेयिबा एअरलाइन्सको जी ९५३७ बिमानवाट काठमाण्डौ आएका थिए ।
पासपोर्ट नम्बरको आधारमा, नागरिकताका अनुसार उनिहरुको पहिचान गर्ने काम चलिरहेको जनाईएको छ ।