• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

‘स्वास्थ्यकर्मीको ठुलो योगदान छ, सरकार स्वास्थ्यकर्मी संगै छ’ : सांसद महत

पावर संदेश
   १६ चैत्र २०७६, आईतवार ११:०३  मा प्रकाशित
  • 660 पटक पढिएको







  • दयाराम आचार्य, कावासोती । 

    नवलपुरका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेण्टाइन तथा आइसोलेशन कक्षको अनुगमन गरिएको छ । गैडाकोट देखी दुम्किबास सम्मका विभिन्न स्वास्थ्य चौकी, विद्यालय लगाएत मध्यविन्दु जिल्ला अस्पतालमा निर्माण गरिएका क्वारेण्टाइन तथा आइसोलेशन कक्षको सांसद तिलक महत, गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नवलपुरका प्रहरी प्रमुख दिपक रेग्मि सहितको टोलीले अनुगमन गरेको हो ।

    क्वारेण्टाइनको अवस्था, राखिएका व्यक्तिको अवस्था, स्वास्थ्यकर्मीको अवस्थाका बारेमा जानकारी लिदै थप आवश्यक पर्ने योजना निर्माणका लागि अनुगमन गरिएको सांसद तिलक महतले बताउनुभयो । जिल्लामा कोभीड १९ कोरोना भाइरससँग लडनका लागि सबै स्वास्थ्यकर्मी लागेको भन्दै उहा“ले स्वास्थ्य कर्मीको प्रंसशा समेत गर्नुभएको छ । सीमित श्रोत साधनहुदा हुँदै पनि विभिन्न स्वास्थ्य केन्द्रहरुमा क्वारेण्टाइन,निर्माण र आइसोलेशन बनाउने काम भएको भन्दै भाइरससँग लड्न सरकार स्वास्थ्यकर्मीसँगै रहेको बताउनुभयो ।

    स्वास्थ्यकर्मीको आत्मबल बढाउन र उनीहरुलाई सहयोग गर्न सरकार लागिरहेको बताउनुभयो । सांसद महतले केही सामाग्रिहरुको कमि भएको भन्ने गुनासो आएकाले केन्द्र र प्रदेश सरकारले यसको व्यवस्थापन गर्न लागि परेको बताउनुभयो । स्थानीय सरकार समेत कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीमा जुटिरहेकाले सबै मिलेर कोरोना भाइरसको रोकथाममा सफलता हासिल गर्न सकिने उहा“ले बताउनुभयो । जिल्लामा कोरोना भाइरस नियन्त्रणकालागि सबै तयारी भएको क्वारेण्टाइनहरू समेत निर्माण भएको तर विदेशबाट आउनेहरू क्वारेण्टाइनमा नबस्ने समस्या देखिएकाले सांसद महतले त्यस्ता व्यक्तिहरुलाई क्वारेण्टाइनमा बसेर भाइरस बिरुद्धको लडाइनमा साथ दिन आग्रह समेत गर्नुभएको छ ।

    विदेशबाट आएका नागरिक सचेत भएर क्वारेण्टाइनमा बसे सङ्क्रमण देखिहाले पनि अन्यमा सर्ने खतरा कम हुने र यसलाई नियन्त्रण गर्न सहज हुने भन्दै क्वारेण्टाइनमा बस्नकालागि अनुरोध गर्नुभएको छ ।

    गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले अनुगमनका क्रममा जिल्लाका स्वास्थ्य संस्थामा आवश्यक प्रबन्ध मिलाउने काम राम्रो भएको भन्दै यस कार्यमा खटिने सबैलाई धन्यवाद दिनुभएको छ । उहाले यो समयमा अन्य स्वास्थ्य समस्या देखिने विरामीहरुले सजह रुपमा उपचार नपाएको भन्ने गुनासो आएकाले सबैलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

    चिकित्सक नभएका केन्द्रमा जिल्लाकै अन्य कुनै स्वास्थ्य केन्द्रबाट चिकित्सक खटाउने व्यवस्था गरिने प्रदेश सभा सदस्य गाहाले बताउनुभयो । कोरोना भाइरस बिरुद्धको लडाइमा स्वास्थ्यकर्मीसँगै हरेक नागरिको भूमिका उत्तिकै रहने भन्दै उहा“ले सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
    प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले स्वास्थ्य केन्द्रहरुको सूरक्षाकालागि आफूहरुले व्यवस्थापन गर्ने बताउदै अहिले सबैले लकडाउनको पालना गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा कोरोना भाइरसको रोकथामको लागि सबै पूर्व तयारीका कामहरू भइरहेको बताउनुभयो । कतिपय बाहिर जिल्लाका व्यक्ति समस्यामा रहेको पाइएकाले उनीहरुको उद्धार गरिने बताउनु भएको छ । श्रमिकहरुका सम्बन्धित जिल्लासँग समन्वय गरी क्वारेण्टाइनमा राख्ने गरी उद्धारको कार्य गरिने उहा“ले बताउनुभएको छ ।

    गैडाकोटको पितौजि स्वास्थ्य चौकी, सहज अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालय, दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्र, देवचुलीका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेण्टाइन, मध्यविन्दु जिल्ला अस्पताल, दुम्किबास स्वास्थ्य चौकी, अरुणखोला तथा चोरमारामा रहेका क्वारेण्टाइनको अनुगमन गरिएको थियो ।
    अनुगमनकै क्रममा विभिन्न क्वारेण्टाइनमा बसेका व्यक्तिहरुलाई समेत भेट उनीहरुको अवस्थाको बारेमा जानकारी समेत लिईएको थियो ।
    अनुगमनपश्चात पाइएका सुझाव, स्वास्थ्यकर्मीका समस्या लगाएतको समाधानका उपाए खोजी गरी थप योजना निर्माण गरी कार्य गरिने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑