
भिम भुसाल, देवचुली ।
विश्वमा कोरोना भाईरसको संक्रमण बढिरहदा भारतको मुम्बैबाट देवचुली आएका ३ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत शनिवार देवचुली नगरपालिकाको मृत्युङ आएका उक्त युवकहरुलाई जथाभावी हिडेको आरोपमा ईलाका प्रहरी कार्यालय रजहरका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

भारतवाट आफ्नो घर आएका देवचुलीका युवकहरु खुल्ला रुपमा हिडडुल गर्न लागेपछी स्थानियले नगरपालिकाको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उनिहरुलाई नियन्त्रणमा लिएर सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा लगेर क्वारेन्टाईनमा राखेको ईलाका प्रहरी कार्यालय प्रमुख खेम तामाङ्ले बताउनुभयो ।
प्रकाउ परेका युवकहरु १९, १७ र १५ वर्षका रहेको प्रहरीले जनाएको छ ।