कावासोती, चैत्र १८
पुर्वी नवलपरासीको बिनयी त्रिबेणी गाँउ पालिका वडा नं. १ वन कार्यालय नजिकै पुर्व पश्चिम राजमार्गमा काठमाण्डौ बाट गुल्मी आउदैँ गरेको बा ६६ प ४६८३ नं.को स्कुटी आफैँ अनियन्त्रित भई पल्टन जादाँ स्कुटी चालक जिल्ला अर्घाखाँची ठाडा गाँउ पालीका वडा ३ बस्ने बर्ष ३६ को पदम बहादुर के.सी. को उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भिर घाईते भएका के.सी.को उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याईएकोमा चिकित्सकद्धारा मृत घोषणा गरेको थियो । स्कुटी पछाडी सवार गुल्मी रेसुङ्गा न.पा. ७ बस्ने बर्ष ३८ को नेत्र बहादुर थापा क्षेत्रीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।