• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कोभिड-१९ को औषधि पाइने अन्धविश्‍वासमा भोजपुर र संखुवासभामा आँगन खन्‍न थालियो (भिडिओसहित)

पावर संदेश
   १८ चैत्र २०७६, मंगलवार १२:३६  मा प्रकाशित
  • 216 पटक पढिएको







  • काठमाडौं।

    विश्व स्वास्थ्य संगठन एवं स्वास्थ्यका सम्बद्ध निकायहरूले कोरोना भाइरसको संक्रमणबाट जोगिने भरपर्दो उपाय भीडभाडमा नजाने, एक-अर्काबीचको दूरी कायम गर्ने, घरमै सुरक्षित रूपमा बस्ने, स्वास्थ्य तथा सरसफाईका उपायलगायतका सावधानी अपनाउन सुझाइरहेका छन्।

    तर, संखुवासभा र भोजपुरका ग्रामीण भेगहरूमा भने कोभिड-१९ को औषधि पाइने अन्धविश्वासमा स्थानीयवासीहरू आँगन खनिरहेका छन्।

    संखुवासभाको नुम बजार, वालुङ साथै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका र दिङला क्षेत्रमा छिमेकी भेला भएर घरको मूल ढोकाअघि खन्न थालेका हुन्।

    दिङ्लाका पत्रकार श्रीकृष्ण बोगटीले कोरोना भाइरसबाट जोगिन भन्दै हल्लैहल्लामा गाउँलेहरू आँगन खनेर झन जोखिम निम्त्याइरहेको बताउँछन्।

    “मान्छेहरू बिहानैदेखि खोतल्न थाल्छन्। घर नै लडाउन लागिसके”, बोगटीले  भने, “उज्यालो भुँईमा नखस्तै मुलढोका अघि खनेर लामाले पठाएको कोइला निकाल्नु र परिवारका सबैलाई त्यसको टिका लगाउनु भन्दै खनिरहेका छन्।”

    षडानन्द नगरपालिका-६ केउरेनीपानीका सुरेश भण्डारीले एक घरमा आँगन खन्दै गरेको भिडिओ आफ्नो फेसबुकमा राखेका छन्।

    संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे आँगन खनेकोबारे आफूले पनि कहिँ कतैबाट सुनेको भए पनि यो व्यक्तिको निजी मामिला भएकोले प्रशासनले चासो नराखेको बताउँछन्।

    “त्यो अन्धविश्वाससँग जोडिएको नितान्त घरको आन्तरिक कुरा हो। कतै भीडभाड नहुने भएकोले त्यसले स्वास्थ्य र सुरक्षामा चुनौती नदेखिएकोले प्रशासकीय हिसाबबाट त्यसलाई वास्ता गरेका छैनौँ।”

    षडानन्द नगरपालिका भोजपुरकी उपमेयर मेरिका राई साबुनपानीले हातमुख धुने, भीडभाडमा नजाने, सुरक्षित बस्नु नै अहिलेको विकल्प भएको भन्दै यस्तो अन्धविश्वासविरुद्ध वडाहरूमार्फत् सचेतना अभियान चलाउन नगरपालिकाले काम गर्ने बताउँछिन्।

     



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑