• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देबचुलीका २ वडामा २ सय परिवारलाई खाद्य सामाग्री वितरण

पावर संदेश
   १८ चैत्र २०७६, मंगलवार २०:१८  मा प्रकाशित
  • 277 पटक पढिएको







  • देवचुली ।

    देबचुली नगरपालिकाले दैनिक गुजारा चलाउन मुस्किल नगर क्षेत्रका बिपन्न नागरीकलाई राहत बितरण शुरु गरेको छ ।
    आज मंगलवार नगरको सबैभन्दा बढी बिपन्नको संख्या रहेको देबचुली १७ स्थित रजहरका बोटे, माझी, मुसहर बस्तीवाट राहत बितरण शुरु गरेको हो ।

    देबचुलीको वडा नम्वर १६ र १७ साबिक रजहर क्षेत्रका करीव २ सय परिवारलाई खाद्य सामाग्री बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । वहाँका अनुसार ४ देखी ६ जना सदस्य रहेको प्रति परिवारलाई २५ केजी चामल, एक किलोको एकपोका आयोनून र एक केजी दाल बितरण गरिएको बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार भोेली र पर्सीसम्ममा देबचुलीका सबै वडामा राहत खाद्य सामाग्री बितरण गरिसक्ने जानकारी दिनुभएको छ । नगरभरीका दैनिक ज्यालामजदुरी गरी छाक टार्ने ७ सय परिवार संख्याका लागी खाद्य सामाग्री बितरण गर्ने योजना रहेपनि वडागत तथ्याङ्कमा केही बृद्धि भएकाले सो तथ्याङ्कमाथी छानबिन समेत भईरहेको बताउनुभएको छ ।

    वहाँले अहिले बितरण गरिने राहत खाद्य सामाग्री देबचुली उद्योग बाणिज्य संघको १ लाख, जागृति बाल तथा युवा सरोकार नेपालको १ लाख र गुरु प्रसाद गौतम स्मृति प्रतिष्ठानको ५४ हजार रुपैया बरावरको खाद्य सामाग्रीमा नगरपालिकाको तर्फबाट समेत थप गरी बितरण गर्न शुरु गरिएको बताउनुभयो । यस्तै, तत्कालका लागी खाद्य सामाग्री आपुर्तिको जिम्मा लिनुभएका देबचुली उद्योग बाणिजय संघका अध्यक्ष रेशमलाल सापकोटाले आज २५ केजीका २ सय बोरा सोना मन्सुली चामल, २५ केजी कै ८ बोरा मसुरोको दाल र ५० केजीका ४ बोरा नून पठाएको बताउनुभयो । अध्यक्ष सापकोटाले यो राहत प्याकेज १ हजार २ सय रुपैया बरावरको रहेको बताउनुभयो ।

    यस्तै, सोही देबचुली १७ पिप्रहर दिवार टोल स्थित बोटे, माझी र मुसहर बस्तीमा रहेका २६ घरपरिवारलाई सोमबार देबचुली १५ प्रगतिनगरका केही स्थानीयले प्रति परिवार आठ के जी चामल र एक के जी दालसहयोग गरेका थिए ।

    हिजो प्रगतिनगरका जीवन श्रेष्ठ, राजकुमार श्रेष्ठ, रिम बहादुर आले, जय बहादुर थापा, ऋषि लम्साल, बनुमाधब भट्टराइ, बिष्णु खरेल, सन्तोस ढकाल, रोशन राउत, तिलक घर्तिले राहत बितरण गरेका हुन् । उनीहरुले सरकारी तवरबाट प्राप्त हुने सहयोग प्रक्रियागत रुपमा ढिलो हुनसक्ने भएकाले ब्यक्तिगत रुपमै सहयोग गरेको बताएका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑