भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले दैनिक गुजारा चलाउन नसक्ने विपन्न परिवारलाई राहत बितरण गरेको छ । हिजो देखि खाद्य राहत वितरण शुरु गरेको देवचुलीले आज वडा नम्बर २ र ४ मा चामल, नुन, तेल सहितका खाद्य सामाग्री बितरण गरेको हो ।
देवचुली नगरपालिका वडा नम्बर ४ मा ९४ परिवारका ३ सय ७८ सदस्यले राहत पाएका छन् ।
जसमा प्रतिपरिवार ५ किलो चामल, ३ जना सम्म परिवार सदस्यहुनेहरुलाई आधा किलो दाल, तेल, र आयो नुन प्रदान गरिएको छ भने ३ जना भन्दा धेरै सदस्य हुने परिवारलाई एक किलो दाल, आयो नुन, तेल प्रदान गरिएको देवचुली ४ वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
राहत वितरण गर्दै देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले विपन्न परिवारलाई राहत विभिन्न सामाजिक संघ संस्था, उद्योग वाणिज्य संघ, देवचुली नगरपालिका, प्रदेश सरकार लगाएतले उपलब्ध गराउने जनाउदै स्वास्थ भै घरमा नै बस्न अनुरोध गर्नुभएको छ । दैनिक सरसफाईमा ध्यान दिन अनुरोध गदै उप प्रमुख तिवारीले कारोना संक्रमण जोखिमबाट बच्न सुरक्षाका उपायहरु अपनाउन र आफ्नो परिवारको स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ ।
राहत लिन आउने विपन्न परिवारका सदस्यलाई वडा अध्यक्ष सहितका जनप्रतिनिधीले कम्तिमा दुई मिटर दुरीमा बस्न आग्रह गर्दै खाद्य सामाग्री बितरण गर्नुभएको थियो ।
त्यस्तै देवचुली नगरपालिका वडा नम्बर २ मा विपन्न परिवारका ९८ जनालाई खाद्य साामाग्री वितरण गरिएको छ ।