• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

फलोअप् : स्थानियको चर्को बिरोधसँगै चौधरी उद्योग बन्द, लकडाउन नखुल्दा सम्म सञ्चालन गर्न नदिने चेतावनी

पावर संदेश
   २० चैत्र २०७६, बिहीबार ०९:२९  मा प्रकाशित
  • 545 पटक पढिएको







  • भिम भुसाल, नवलपुर ।
    पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग, स्थानियको चर्को बिरोधसँगै बन्द भएको छ । नेपाल सरकारले कोरोना संक्रमणको जोखिमबाट नेपाली जनतालाई बचाउन लकडाउनको घोषणा गरेको समयमा अरबपती एंवम् सांसद बिनोद चौधरीले उद्योग सञ्चालन गर्न खोजेको भन्दै स्थानियले उद्योग बन्द गराएका हुन् ।
    हिजो बुधवार चौधरी उद्योग ग्रामले सुचना टाँस गरि उद्योग सञ्चालन गर्ने जनाएपछी पावर संदेश अनलाईनले “धनाढ्य बिनोद चौधरीले लकडाउन उल्लङघन गर्दै उद्योग चलाउने, करिब १५ सय श्रमिकको ज्यान जोखिममा” भन्ने शिर्षकको समाचार प्रकाशन गरेको थियो । उक्त समाचारको समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौँ ब्यक्तिहरुले उद्योग सञ्चालन गर्न नहुने माग गरेका थिए ।
    चौधरी उद्योगले चैत्र १९ गते उद्योगको मूख्य दुई द्धारमा सुचना टाँस गर्दै आज देखि उद्योग सञ्चालन हुने जानकारी गराएको थियो । उद्योगले फुजी प्लाण्ट, वाई एम प्लाण्ट, सिजनिङ प्लाण्ट र हटरुम प्लाण्ट सञ्चालन गर्ने भन्दै श्रमिक तथा कामदार कर्मचारीलाई काममा फर्किन अनुरोध गरेको हो । फुजी र वाईएम प्लाण्टमा मात्रै १३ सय ८० कामदार रहेको चौधरी उद्योग ग्राममा २२ सय भन्दा धेरै कामदार कार्यरत रहेका छन् ।
    जिल्ला प्रशासन कार्यालय नवलपुरले समेत उद्योग सञ्चालन नगर्न भन्दै निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । सरकारले घरबाहिर ननिस्कन नागरिकलाई अनुरोध गरेको समयमा सांसद समेत रहेका धनाढ्य बिनोद चौधरीले सयौ कामदारलाई काममा बोलाउदा स्थानियले बाध्य भएर बिरोध गर्नुपरेकोे थानिय रोशन पौडेलले बताएका छन् ।
    उद्योगले कामदारहरुका निम्ति टाँस गरेको सुचनामा श्रमिक तथा जनशक्तिको स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाउदै उद्योग सञ्चालन गर्ने भनि सुचित गरेको छ । तर उद्योगका कर्मचारीले भने उद्योग भित्र चुनौतीपुर्ण अवस्थामा सबै कामदार सँगै बसेर काम गर्नुपर्ने बाध्यातमक अवस्था रहेको बताएका छन् ।

    नेपाल सरकारले अतिआवश्यक खाधान्न उद्योग मात्रै सञ्चालन गर्न लगाउदा चौधरी उद्योगले चाउचाउ उत्पादन गर्न उद्योग सञ्चालन गरि सयौ श्रमिकको जिवनसँग खेलवाड गरेको स्थानिय सरकार प्रतिनिधीहरुको दाबी छ । बिश्व नै कोरोनाको जोखिममा रहेको समयमा बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको चौधरी उद्योग ग्राम सञ्चालन गर्न खोज्नु सरकारलाई चुनौती दिनु सरह रहेको बताउदै लकडाउन पुर्ण रुपमा नखुल्दा सम्म उद्योग सञ्चालन गर्न नदिने देवचुली नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष गिर बहादुर थापाको दाबी छ ।
    चौधरी उद्योगले प्रकाशन गरेको सुचनाको आधारमा बिहानै श्रमिकहरु उद्योग पुगेका थिए । तर स्थानियले श्रमिकहरुलाई उद्योगभित्र प्रवेश गर्न रोक लगाएपछी श्रमिकहरु घर फिर्ता भएका छन् ।
    चौधरी उद्योगका प्रमुख धनाढ्य बिनोद चौधरी कोरोना संक्रमणको डरले परिवार सहित करिब १५ दिन अधिदेखि दुम्कौलीको चौधरी उद्योग ग्राम क्षेत्र भित्र बस्दै आएका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑