
काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९०का कारण शुक्रवारसम्म ५३ हजार २ सय २ जनाको मृत्यु भएको छ । मृतकको संख्या बिहीवार ४७ हजार २ सय ४९ तथा बुधवार ४२ हजार थियो । अमेरिकामा मृतकको संख्या ६ हजार ७५ पुगेको छ । बिहीवार यो संख्या ५ हजार १ सय १० थियो ।

विश्वमा कोरोना संक्रमतिको संख्या शुक्रवार बिहानसम्म १० लाख १५ हजार ७ सय २७ पुगेको छ । बिहीवार सो संख्या ९ लाख ३६ हजार १ सय ७० थियो । शुक्रवारसम्म २ लाख १२ हजार ९ सय ९१ जना निको भएका छन् ।
सबभन्दा धेरै अमेरिकामा २ लाख ४५ हजार ८८ जजनालाई संक्रमण देखिएको छ । कोरोनाको संक्रमण शुरु भएको चीनलाई पछि पार्दै अमेरिका, इटाली, स्पेन र जर्मनीमा संक्रमतिको संख्या बढिरहेको छ । इटालीमा १ लाख १५ हजार २ सय ४२ जना संक्रमति देखिएका छन् भने स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित देखिएका छन् । जर्मनीले पनि संक्रमणमा चीनलाई उछिनेको छ । चीनमा ८१ हजार ५ सय ५४ लाई संक्रमण देखा परेको थियो । जर्मनीमा संक्रमतिकको संख्या ८४ हजार ७ सय ९४ पुगेको छ ।
मृत्यु संख्यामा सबभन्दा धेरै इटालीमा १३ हजार ९ सय १५, दोस्रोमा स्पेनमा १० हजार ३ सय ४८ को मृत्यु भएको छ । इटाली र स्पेन पछि अमेरिकामा ६ हजार ७५, फ्रान्समा ५ हजार ३ सय ८७ र चीनमा ३ हजार ३ सय २२ जनाको मृत्यु भएको छ । बेलायतमा २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ ।
नेपालमा भने १ हजार १ सय ८४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्ये ६ जनामा पोजेटिभ रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रवारसम्म गरिएका परीक्षणमा १ हजार १ सय ७८ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।