भिम भुसाल, देवचुली ।
उपभोत्ताहित संरक्षण मञ्च देवचुली नगर समिति अध्यक्ष एंवम् नवलपुर उद्योग संघ जिल्ला कार्य समिति सचिव जिवन श्रेष्ठले आफ्नो घरमा भाडामा बस्दै आएका र व्यवसाय सञ्चालन गर्दै आएकाबाट एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरेकोसँगै श्रेष्ठले पनि चैत महिनाको एक महिनाको घरभाडा नलिने निर्णय लिएका हुन् ।
मानवीय संवेदना र सरकारको आग्रहलाई पालना गर्दै आफूले देवचुली १५ प्रगतिनगरमा रहेको सटर सहितको ३ कोठामा बस्ने ब्यक्तिलाई एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको श्रेष्ठले बताए । श्रेष्ठले १५ हजार बरावरको कोठाभाडा मिनाहा गरेका छन् ।