कावासोती ।
नवलपुर ड्राईभिङ ब्यबसायी संघका अध्यक्ष प्रबिन सापकोटाले लकडाउनका कारण दैनिक खाद्यान्नको अभाव भएका परिवारलाई आफ्नो तर्फबाट सहयोग गरेका छन् ।
प्रबिनको पुरानो ड्राईभिङ सेण्टरको संचालक समेत रहेका सापकोटाले कावासोती नगरपालिका मार्फत् शनिवार व्यक्तीगतरुपमा १२ हजार रुपैया सहयोग प्रदान गरेका हुन् । उनले १० घर परिबारलाई पुग्ने गरि सहयोग गरेको बताए । शनिवार कावासोती नगरपालिका कार्यालय पुगेर उनले उपमेयर प्रेमशंकर मर्दनीयालाइ सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
समाजिक सेवामा अग्रशर रहेका सापकोटाले यो समय हरेक नागरिकले विपन्न परिवारलाई सहयोग गर्नुपर्ने बताउदै अन्य ब्यक्तिहरुलाई पनि सहयोग अभियानमा साथ दिन अनुरोध गरेका छन् ।
लकडाउनका कारण कतिपय विपन्न र दैनिक ज्यालामजदुरी गर्ने परिवारको घरमा चुल्हो वल्न सकेको छैन , मानबिय नाताले मैले आफुले सकेको सहयोग गरेको हुँ । ” सापकोटाले भने ।