भिम भुसाल, देवचुली ।
बिश्वमा कोरोना भाईरसको संक्रमण फैलिरहदा नेपालमा अपनाईएको सर्तकतामा दलदलेको आँचल एण्ड रियान्स गार्मेन्ट उद्योगले देवचुली नगरपालिकालाई माक्स सहयोग गरेको छ । देवचुली १३ दलदलेमा रहेको गार्मेन्टले नगरभित्र रहेका विपन्न परिवारको सहयोगकोलागि नगरपालिका समक्ष ५ सय पिस माक्स हस्तान्त्रण गरेको हो ।
आज बिहान गार्मेन्टका प्रोपाईटर चिरन्जिवी पाण्डे र सत्यनारायण भुसालले देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाललाई माक्स हस्तान्त्रण गरेका थिए ।
सरकारको एकद्धार प्रणलीमार्फत राहत वितरण गर्नुपर्ने प्रावधान अनुरुप विपत्तको समयमा हरेक नागरिकले यथासक्य सहयोग गर्नुपर्ने र आर्थिक रुपमा विपन्न तथा माक्सको प्रयोग गर्न नपाएका ब्यक्तिलाई माक्स हस्तान्त्रण गर्न देवचुली नगरपालिका समक्ष ५ सय पिस माक्स हस्तान्त्रण गरिएको गार्मेन्टका प्रोपाईटर सत्यनारायण भुसालले बताउनुभयो ।
साथै सरकारको निति,निर्णय पालना गर्न र स्वास्थ्यको विशेष ख्याल गर्न हरेक नगरबासी समक्ष गार्मेन्टका दुवै सञ्चालकले अनुरोध गरेका छन् ।