• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासी नाकामा प्रहरीको निगरानी बढाईयो

पावर संदेश
   २५ चैत्र २०७६, मंगलवार १०:०३  मा प्रकाशित
  • 414 पटक पढिएको







  • रबिन्द्र यादव,नवलपरासी ।

    कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु छिमेकी राष्ट्र भारतको महाराजगञ्ज जिल्लामा पनि बढेपछि उक्त जोखिमलाई कम गर्न नवलपरासी पश्चिमको भारतसंग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरि निगरानी बढाइएको छ ।

    छिमेकी राष्ट्र भारतको महाराजगञ्ज नवलपरासी पश्चिम जिल्ला सिमानासँग जोडिएको जिल्ला हो र उक्त जिल्ला हुँदै भारतबाट लुकी छिपी भारतिय नागरिकहरु,भारतबाट कमाएर घर फिर्ता हुने नेपाली नागरिकहरुको बढ्दो आवतजावत हुने गर्छ ।

    त्यो क्षेत्रमा ६ जना संक्रमित भएका छन् । सीमाको छेउँछाउँमा बसेका नेपाली र भारतीय नागरिकहरुले खाद्यान्न सामग्रीहरु नेपाल भारत कारोबार हुने जनगुनासो बढेपछि सिमामा सुरक्षाकर्मी तैनाथ गरि मानिसहरुको नेपाल भारतबाट आवातजावत मात्र नभइ सामग्रीहरु ल्याउनका लागि पनि पूर्ण रुपमा रोक लगाएको छ ।

    जिल्लाका मुल नाकाहरु महेशपुर भन्सार, भुजहवा, झुल्निपुर, गुठिप्रसौनी, पकलिहवा र सुस्तामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढेको हो ।

    भारतबाट ब्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सामग्रीबाट कोभिड १९ कोरोना भाइरसको संक्रमण नेपालमा सर्ने र एक किसिमको माहामारी रुप लिन सक्ने उच्च जोखिम हुन सक्ने संभावनालाई न्युनिकरण गर्नका लागि सशस्त्र र नेपाल प्रहरी चौबिसै घण्टाको लागी १ सय मिटरको फरकमा करिब १ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट राखी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपति भरत खनियाले जानकारी दिएका छन् ।

    साथै सुस्ता क्षेत्रमा नारायणी नदी भएको कारणले मानिसहरु र खाद्यान्न सामग्रीहरु डुङ्गाको माध्यमबाट नारायणी नदी पार गरि नेपाल प्रवेश गर्ने जनगुनासो र बढ्दो चुनौतीको बिषय बन्न थालेपछि नारायणी नदी लगायत सुस्ताका मुख्य मुख्य नाकाहरुमा ३ वटा सशस्त्र प्रहरीको अस्थाइ पोष्ट राखेर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको र केही स्थानिय तस्करहरुले नेपाल भारत सामग्री ओसारपोसार गर्ने बाटोमै अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए ।

    उनका अनुसार सिमा क्षेत्रमा बस्ने केही स्थानिय तस्करहरुले रातीको समयमा भारतबाट सरसमान खरिद गरेर खेत र आलीको बाटो प्रयोग गरि नेपाल प्रबेश गराएको खाद्यान्न सामग्री र किराना सामग्रीलाई खानतलास गरि इलाका प्रहरी कार्यालय बेलाटारी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको सक्रियतामा करिब ५० हजार बराबर रकमको सुस्ता ५ पकलिहवाबाट बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताए ।

    नाकामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएपछि केही स्थानिय तस्करहरुको दिन गए पनि स्थानियबासीहरु सुरक्षाको अनुभुति गर्दै हर्षित भएका छन्। हाम्राकुरा डट कम



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑