• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण हुनेछ : प्रधानमन्त्री

पावर संदेश
   २५ चैत्र २०७६, मंगलवार १२:४४  मा प्रकाशित
  • 274 पटक पढिएको







  • प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आगामी दुई साता नेपालका लागि थप चुनौतीपूर्ण हुने बताएका छन्। मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको दुई साता कोरोना भाइरसको संक्रमण पहिचान हुने भएकाले थप चुनौतीपूर्ण हुने बताए।

    ‘हाम्रो लागि अबको दुई साता थप चुनौतीपूर्ण हुनसक्छ। यो दुई सातामा संक्रमण फैलिने मात्र होइन, समुदायका लागि पनि निकै चुनौतीपूर्ण हुनसक्छ,’ प्रधानमन्त्री ‌ओलीले भने। उनले त्यसैका लागि सरकारले संक्रमण फैलिने सम्भावित ठाउँहरुमा र्‍यापिड टेस्ट गरिने निर्णय भएको जानकारी दिए। त्यसका लागि जनपरिचालनसमेत गरिसकेको उनले बताए।

    उनले नेपाल उच्च जोखिम रहेकाले नै थप ८ दिन लकडाउन गर्न बाध्य भएको बताए। उनले अहिलेलाई कोरोना संक्रमित ९ जनामा मात्रै सीमित भएपनि अगामी दिन नेपालको लागि भयावह स्थिति बन्न सक्ने जानकारी दिए। त्यसको लागि सबैले आ-आफ्नो स्थानबाट सहयोगको भूमिका निर्वाह गर्न उनले आह्वान गरे।

    कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि ९ हजार १६८ क्वारेन्टाइनको स्थापना गर्नुको साथै ३ हजार २ सय ५९ वटा आइसोलेसन बेडा तयार पारिएको बताए, जसमा ९५ जना उपचाररत रहेको उनले जाकानरी दिए। उनले नेपालमा हालसम्म १ हजार ८९० जनको परीक्षण गरिएको बताए।

    उनले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा चिन्ता लागेको बताए। उनीहरुलाई तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा जान प्रधानमन्त्रीले आग्रह गरे। ‘यसले तपाइँको घरपरिवार र समग्र देशलाई खतरा हुन सक्छ,’ उनले भने।

    प्रधानमन्त्री ओलीले भारतीय सीमामा रोकिएका नेपालीहरुलाई यथास्थानमा रहेर सहयोग गर्न आग्रह गरे। यस्तो संकटका बेला सीमा नाका सिल गर्नुपरेकाले सोही स्थानमा रहन आग्रह गरे। उनले क्वारेन्टाइन अवधि समाप्त भएपछि स्वदेश फर्काउने जानकारी दिए।

    उनले भारतीय सीमामा २ हजार १४७ जना नेपालीहरु रहेको र उनीहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको जानकारी दिए। त्यस्तै नेपालमा ७ सय भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको उनले बताए।

    विदेशमा रहेका नेपालीहरुको अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विभिन्न राष्ट्रका राजदूतहरुसँग सम्पर्क गरेको र आफूँ स्वयं पनि टेलिफोनमार्फत् अवस्था बुझिरहेको जानकारी दिए।

    उनले यस्तो संकटका बेला नेपालीहरु जहाँ भएपनि त्यही स्थानमा सुरक्षित रहन आग्रह गरे। त्यस्तै स्वास्थ्य सामग्री अभावका बावजुद दिनरात सेवामा खटिरहेका चिकित्सकहरुलाई उनले धन्वाद दिएका छन्।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑