
भिम भुसाल, देवचुली ।
सरकारले जारी गरेको लकडाउनलाई अवज्ञा गर्दै सवारी चलाउने ४० सवारीलाई ईलाका प्रहरी कार्यालय रजहरले नियन्त्रणमा लिएको छ । हिजो मंगलबार मात्रै लकडाउनको अवज्ञा गर्दै पूर्वपश्चिम राजमार्गमा गुडेका ४० सावारीलाई रजहर ट्राफिकले नियन्त्रणमा लिएको हो ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नफैलियोस् भनेर सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना पछिल्ला दिनमा वृद्धि हुदै गएपछी ईलाका प्रहरी कार्यालय रजहरले ट्राफिक प्रहरीलाई सवारी नियन्त्रणमा लिन निर्देशन दिएको थियो । सोही अनुरुप ट्राफिक प्रहरी हवल्दार रविन्स उपाध्यायको कमाण्डमा १५ अटो र २५ मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
अत्यावश्यक कामबाहेक चलाएका सवारीलाई नियन्त्रणमा लिएर सवारीको रेकर्ड राख्दै बेलुका छाडिएको ट्राफिक प्रहरी हवल्दार रविन्स उपाध्यायले जानकारी दिनुभयो । ५–६ घण्टा सवारीलाई नियन्त्रणमा लिएर घरबाहिर अनावश्यक काममा नहिड्ने सर्तमा रेकर्ड राख्दै छाडिएको र दैनिकी लकडाउनलाई कडाई गरिएको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख खेम तामाङ्ले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत देवचुली नगरपालिका रजहर क्षेत्रमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने सवारीलाई दैनिक नियन्त्रणमा लिदै आएको छ ।
