देवचुली ।
देवचुली नगरपालिका वडा नम्बर १० पृथ्वीनगरमा शिवालय मन्दिर निमार्ण गरिने भएको छ । वडा अध्यक्ष केशर आलेको अध्यक्षतामा बसेको भेलाले मन्दिर ब्यवस्थापन समिति गठन गर्दै पृथ्वी नगर खेल मैदानको पश्चिम भागमा मन्दिर निमार्ण गर्ने जनाएको हो । आगामी नयाँ वर्षको दिन (बैशाख १ गते) शिवालय मन्दिरको शिलन्यास गरिने र आउदो शिवरात्री सम्म निमार्ण सम्पन्न गर्ने लक्ष्य लिएको मन्दिर निमार्ण ब्यवस्थापन समितिका सचिव लिलाबल्लभ भुसालले जानकारी दिनुभयो ।
करिव २५ लाख रुपैया लागतमा निमार्ण सम्पन्न गरिने लक्ष्य लिईएको मन्दिर परिसरमा १०८ शिवलिङ्ग, बाल उद्यान, चौतारी, आवाश गृह लगाएतको निमार्ण गरि धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने लक्ष्य लिईएको भुसालले बताउनुभयो ।
मन्दिरलाई देवचुली नगरपालिका वडा नम्बर ९,१०,१५ तथा कावासोती नगरपालिका वडा नम्बर १ का भक्तालुहरुको संगम तिर्थस्थलका रुपमा विकास गरिने भएकोले सबैलाई सक्दो सहयोग गर्न समेत अनुरोध गरिएको मन्दिर निमार्ण ब्यवस्थापन समितिका सदस्य रामप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
समाजसेवी संजय शर्मा काफ्लेको अध्यक्षतामा निमार्ण भएको मन्दिर निमार्ण ब्यवस्थापन समितिमा १५ सदस्यीय कार्यसमिति छनोट गरिएको छ ।