• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

अमेरिकामा कामविहीन बन्दैछन् नेपाली, एक करोड अमेरिकीले बेरोजगारी भत्ताको फारम भरे

पावर संदेश
   २७ चैत्र २०७६, बिहीबार १२:१३  मा प्रकाशित
  • 702 पटक पढिएको







  •  न्युयोर्क ।

    पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ । कोरोना भाइरसका कारण अहिले अमेरिकाभरि व्यापार व्यवसाय ठप्पजस्तै हुँदा धेरै कम्पनीहरुले कर्मचारी कटौती गर्न थालेका छन् । यसबाट नेपाली समुदायपनि अछुतो छैन ।

    ७ महिनादेखि मिनेसोटा राज्यको एक कम्पनीमा फूलटाइम पेड इन्टर्नशीप गरिरहेकी २१ वर्षीया स्रष्टा कोइराला कामबाट एक्कासी निकालिँदाको पीडा पोख्दै भन्छिन्, ‘एकदमै नरमाइलो लाग्यो । तर, पछि आफू मात्र नभई धेरैलाई यसरी कामबाट निकालेको रहेछ भन्ने थाहा पाएपछि भने चित्त बुझाएँ ।’ उनले थपिन्, ‘हेर्दै जाऔं, विस्तारै राम्रो होला ।’

    कोरोनाका कारण जागिरमात्र होइन, स्वरोजगारीमा पनि असर परिरहेको छ । न्युयोर्क राज्यमा उबर ट्याक्सी चलाएर जीविकोपार्जन गरिरहेका ४१ वर्षे जीवननाथ कँडेल एकदमै निराश देखिन्छन् । ‘एक महिना भो, काम गर्न नपाएको’ उनले भने । यो पेशा उनको श्रीमती र २ छोराहरुको पालनपोषण गर्ने एकमात्र आयस्रोत हो । तर, उनी अहिले घरबाट बाहिर निस्कने अवस्था छैन । ‘यो अवस्था लम्बिँदै गयो भने साँच्चै नै गाह्रो हुन्छ,’ उनले भने ।

    यता अमेरिकी केन्द्रीय सरकारले कोरोना भाइरसका कारण रोजगार गुमाएका र स्वरोजगारी गर्नेहरुका लागि भनेर ४ महिनाका लागि हप्ताको ६०० डलर राहत प्याकेज ल्याएको छ । यसका अलवा, राज्य सरकारबाट पनि उनीहरुले बेरोजगारी भत्ता पाउँछन् ।

    नेपालीहरुलाई आर्थिक रुपमा राहत दिने उद्देश्यले न्युयोर्कस्थित नेपाली व्यवस्थापनमा सञ्चालित एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपाली समुदायलाई सहयोग पुगोस् भनेर २ हजार डलर निर्ब्याजी ऋण दिइरहेको छ । ‘एक महिनाका लागि ब्याज तिर्नुपर्दैन र त्यतिभित्र तिर्न नसके १८ महिनाको किस्ताका रुपमा परिणत गरेर सहज बनाएका छौं’ युनियनका कार्यकारी निर्देशक विराज रिजालले भने ।

    यतिखेर अमेरिकाभर नै एकदमै अन्योलको अवस्था छ । कोरोनाका कारण ज्यानको जोखिम त छ नै, त्यसमाथि आर्थिक तनाव बढ्दै जाने पनि देखिएको छ । न्युयोर्क शहरमा रहेका नेपालीहरुलाई सहयोग पुयाउन फेसबुक समूह बनाएर अग्रसर भइरहेका एक सामाजिक अगुवा यादव बास्तोलाका अनुसार यही अवस्था लम्बिँदै गयो भने नेपाली समुदायमा यसले ठूलोे आर्थिक संकट निम्त्याउँछ ।

    ‘विशेष गरी ज्यालादारी काम गर्ने नेपालीलाई गाह्रो छ’ उनले भने, ‘भएको केही बचत रकम पनि धेरैले नेपाल पठाउने भएकाले यो समस्या लम्बिँदै गयो भने नेपालीहरु धेरै प्रभावित हुने देखिन्छ।अनलाईन खबर



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑