
भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुका लागि २ महिनाको बिलम्ब शुल्क नलिने निर्णय गरेको छ । चेत्र २५ गतेको निर्णय अनुशार संस्थाले चैत्र र बैशाख महिनाको बिलम्ब शुल्क नलिने निर्णय गरेको हो ।

मुलुकभर लकडाउन भएको जानकारी गराउदै खानेपानी संस्थाले उपभोक्तालाई सम्भव भएसम्म ई–सेवा बाट खानेपानी महसुल भुक्तानी गर्न समेत जानकारी दिएको छ । सम्भव नभए संस्थाले बिलम्ब शुल्क नलिने र आफ्ना गरिब तथा आयस्तर न्युन रहेको परिवारलाई खानेपानी महसुलमा छुट दिने प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो ।
साथै लकडाउन खोल्ने अर्को सुचना प्राप्त नहुदा सम्म खानेपानी उपभोक्ता संस्थाको अत्यावश्यक सेवा बाहेक अन्य कार्यहरु बन्द रहने समेत जनाईएको छ । यस अवधिमा दैनिक खानेपानी निरन्तर बितरण, अतिआवश्यक मर्मत सुधारको काम सञ्चालन रहने संस्थाका अध्यक्ष भुसालले बताउनुभयो ।