भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका ६ हजार बढी ब्यक्तिलाई खाद्यान्न वितरण गरेको छ । १७ वडा रहेको देवचुलीले बिपन्न २ हजार ४५ घरका ६ हजार ३ सय ७१ ब्यक्तिलाई खाद्यान्न बितरण गरेको हो ।
प्रत्येक वडाको सर्वदलिए निर्णय अनुशार बिपन्न परिवारको छनोट गरि नगरभित्र बसोवास गर्ने नागरिकलाई राहत बितरण गरिएको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।
१८ लाख रुपैया भन्दा धेरैको लागतमा ३६ हजार ९ किलो चामल, १८ सय ३० किलो दाल, २ हजार २५ किलो नुन लगाएतका खाद्यान्न वितरण गरिएको भुसालले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाले कोरोना संक्रमणको जोखिम न्युनिकरणमा बिकास बजेट अन्र्तगत १ करोड रुपैया छुट्याएको छ । नगरले स्थापना गरेको राहत कोषमा समेत बिभिन्न सामाजिक ब्यक्ति, संघ संस्था, बन, होटल, बिधालय लगाएतले सहयोग गर्दै आएका छन् ।