
काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण पहिचान गर्न सरकारले नमुना (नाकरमुखको र्याल) संकलन तथा परीक्षणलाई तीव्र बनाएको छ। सबैभन्दा बढी ४ जना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशका जिल्लामा सरकारले कोरोना परीक्षण अभियानलाई केन्द्रित गरेको छ।

यसै क्रममा आज (शनिबार) बिहानै धनगढीबाट दार्चुला, बझाङलगायत तीन जिल्लामा नमुना संकलनका लागि हेलिकोप्टर गइसकेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।
‘अहिले हामीले नमुना संकलन र परीक्षणलाई तीव्रता दिएका छौं,’ शनिबार बिहान निर्देशक पाण्डले भने, ‘नमुना संकलनका लागि धनगढीबाट बिहानै ६ बजे हेलिकोप्टर दार्चुला, बझाङलगायत जिल्लाका लागि उडिसेकेको छ।’
अहिले नमुना संकलनका लागि विशेषगरी दार्चुला जिल्लालाई केन्द्रित गरिएको निर्देशक पाण्डेले जानकारी दिए। ‘नमुना लिएर हेलिकोप्टर काठमाडौं आउनेछ,’ उनले भने।