
एजेन्सी ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ भने ७ हजार ६ सय २६ जनामा कोरोना पोजिटिभ देखिएको छ।

शुक्रबारसम्म कोरोनाबाट महाराष्ट्रमा ११० जना, मध्यप्रदेशमा ४० जना, गुजरातमा १९ जना, तेलंगनामा १२ जना, दिल्लीमा १४ जना, पञ्जावमा ११ जना, मिलनाडुमा ९ जना, राजस्थानमा ८ जनाले ज्यान गुमाएका छन् भने पश्चिम बंगालमा ७ जना, आन्ध्र प्रदेशमा ६ जना, कर्नाटकमा ६ जना, उत्तर प्रदेशमा ४ जना, जम्मू कश्मीरमा ४ जना, हरियाणामा ४ जना, हिमाचलमा २ जना, केरलमा ३ जना, विहारमा १ जना, चण्डीगढमा २ जना, असाममा १ जना, झारखण्डमा १ जना र ओडिसामा १ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।