
भिम भुसाल, देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा यतिबेला एक जना मात्रै होम क्वारेन्टाईनमा रहेका छन् । बिदेशबाट नगरभित्र आएका नागरिकहरु मध्ये ९८ जना होम क्वारेन्टाईनबाट र २५ जना सामुदायिक क्वारेन्टाई गरि जम्मा १२३ जना क्वारेन्टाईनबाट डिस्चार्ज भैसकेका छन् ।
देवचुली नगरपालिकाले कोभिड–१९ सम्बन्धी तयार गरेको दैनिक वडागत प्रतिवेदनमा एक ४८ वर्षिय पुरुष मात्रै होम क्वारेन्टाईनमा रहेको र बाँकी सबै ब्यक्ति समायावधी पुरा गरि डिस्चार्ज भएको उल्लेख गरिएको छ । चैत्र १७ गते वडा नम्बर ११ मा काठमाण्डौँबाट आएका पुरुष होम क्वारेन्टाईनमा रहेका छन् भने उनको पनि १४ दिनको समावधी पुरा हुन २ दिन बाँकी रहेको छ ।

नगरपालिकाले तयार गरेको प्रतिवेदनमा १०६ ब्यक्ति भारत तथा तेस्रो मुलुकबाट आएको उल्लेख गरिएको छ भने एक जना भने नगरबाट फिर्ता भएको तथ्याङक रहेको छ ।