भिम भुसाल, देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा सहित ३ ब्यक्तिलाई पक्राउ गरेको छ । आज दिउसो १२ बजेको समयमा अस्थाई प्रहरी चौकि दलदलेका प्रमुख अर्जुन रानाको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी चेकजाँचको क्रममा लागुऔषध (गाँजा) सहित २ युवकलाई पक्राउ गरेको थियो । देवचुली नगरपालिका वडा नम्बर ७ मा सवारी चेकजाँचको क्रममा बा ९४ प ७६६८ नम्बरको मोटर साईकलमा सवार दुई ब्यक्तिलाई शंका लागि चेकजाँच गर्दा लागुऔषध भेट्टिएको थियो । सोहि स्थानबाट देवचुली नगरपालिका –४ बस्ने वर्ष ३५ को हाकु बि.क. र सोहि स्थानका वर्ष २२ को अर्जुन बि.क.लाई प्रहरीले २५० ग्राम गाँजा सहित प्रकाउ गरेको हो ।
सोहि सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपुरका ईन्सपेक्टर प्रकाश नराल क्षेत्रीको कमाण्डमा प्रहरीले देवचुली नगरपालिका ९ को एक घरमा छापा मारेको थियो । प्रहरीले देवचुली नगरपालिका –९ विशालटार स्थित हरियाली टोल बस्ने वर्ष ५५ को दिल बहादुर सारुको घरबाट खानतलासी गर्दा ७ के.जी। लागु औषध गाँजा सहति निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी गराएको छ ।
निजहरु उपर लागुऔषध (गाँजा) शिर्षकमा मुद्धा चलाउने र अन्य विषयमा अनुसन्धान भैरहेको प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।