
भिम भुसाल, देवचुली ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि देवचुली नगरपालिकाले जनस्तरबाट शुरु गरेको खाद्यान्न बैङ्कमा १६ लाख ३२ हजार ७ सय ९३ रुपैया बरावरको नगद तथा खाद्यान्न संकलन भएको छ । सरकारले लकडाउन शुरु गरेसँगै देवचुली नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार तथा श्रमिकलाई राहत स्वरुप निमार्ण गरेको खाद्यान्न बैङ्कमा उक्त रकम बरावरको खाद्यान्न तथा नगद जनस्तरबाट संकलन भएको हो ।

जिल्ला भित्रका विभिन्न सहयोगी संघसंस्था तथा ब्यक्तिहरले देवचुलीको खाद्यान्न बैङ्कमा सहयोग हस्तान्त्रण गरेका छन् । जसमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, देवचुली उद्योग वाणिज्य संघ, जेसीवाईसिएन, सेन्ट जोसेफ स्कुल, सि.जी. फूड्स, गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठान, दलित संघ नवलपुर, विश्वज्योति बोडिङ स्कुल, चौतारी सामुदायिक बन, देवचुली नगरपालिकाका कर्मचारी, प्याव्सन देवचुली, शिसवार मध्यवर्ती उपभोक्ता समिति, विभिन्न होमस्टे, सामुदायिक बन, ईट्टा उद्योग, सहकारी लगाएत ३५ भन्दा धेरै संस्थाले देवचुलीको खाद्यान्न बैङ्कमा सहयोग गरेका छन् ।
०७६ सालको अन्तिम दिन चैत्र मसान्तको दिन मात्रै खाद्यान्न बैङ्कमा करिव ३ लाख बराववरको खाद्यान्न तथा नगद संकलन भएको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।