• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

३ दिनदेखि भोकै हिडिरहेका ८० यात्रुहरुलाई रजहरका स्थानियको सहयोग

पावर संदेश
   ३ बैशाख २०७७, बुधबार ११:३७  मा प्रकाशित
  • 394 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि धेरै मानिस आफू कार्यरत स्थानमै रोकिए । सबैभन्दा धेरै संघीय राजधानी काठमाडौंमा लकडाउनका कारण धेरै मजदुर अलपत्र परे । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गरिरहेका मजदुरहरु अहिले खाद्यान्न जोहो गर्न नसक्दा हिडेरै आफ्नो गाउँफर्कन बाध्य भएका छन् । अहिले दिनहुँजसो काठमाडौं र पूर्वदेखि पश्चिमका मानिसहरु हिडेरै आफ्नो गन्तव्यमा जान थालेका छन् । त्यसरी तीन चार दिन लगाएर नवलपुर आइपुग्ने मानिसहरुलाई धेरैजसो भोकै पेटमा भेटिन्छन् । बुधबार विहान करिब ३० जनाको समुहमा विभिन्न स्थानबाट पैदल हिड्दै आएका यात्रुलाई ईलाका प्रहरी कार्यालय रजहरले खाद्यान्नका विभिन्न सवारीमा चढाएर उद्धार गरेको छ । यात्रुहरु सडकमा हिड्नेक्रम नरोकिएपछि रजहर ट्राफिक प्रहरीले यात्रुहरुलाई उद्धार गर्न प्रहरी कार्यालय अगाडी रोकिराखेका थिए । ठूलो संख्यामा यात्रु सडकमा आउनेक्रमब बढ्दै गएपछि देवचुली नगरपालिका रहजरका स्थानियले ईलाका प्रहरी कार्यालय रजहरमा अलपत्र यात्रुलाई खाना बनाउने र खुवाउने अभियानमा जुटे ।
    काठमाण्डौ, पोखरा, धादिङ लगाएतका स्थानदेखि पैदल भोक भोकै हिडिरहेका यात्रुलाई नवलपुरको रजहरमा स्थानियले सहयोग जुटाउदै खाना खुवाएका छन् । काठमाण्डौदेखि बाँके हिडेका ४२ जना, कोहलपुर हिडेका २५ जना, बर्दिया हिडेका ८ जना, पोखराबाट बर्दिया हिडेका ५ जनाको समुहलाई रजहर बजार ब्यवस्थापन समिति र रजहरका स्थानियले चामल, तरकारी, नुन, तेल लगाएतका खाद्यान्न उपलब्ध गराउदै खाना खुवाएको रजहर बजार ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष थापाले बताए ।
    काम गराउने ठेकेदारले पारिश्रमिक समेत नदिई अलपत्र छोडिदिदा ३ दिन देखि भोकै पैदल नवलपुर आईपुगेको बर्दिया हिडेका जगदिश पासवानले बताए । उनको समुहमा काम गर्ने ४२ जना साथिहरु रहेको रहेको बताउदै सबै अलपत्र परेको भन्दै उद्धारको लागि अनुरोध गरेका छन् ।
    पोखरामा खानेपानी पाईप बिस्तारमा काम गर्दै आएका बर्दियाका भोजलाल चौधरी समेत ३ दिन देखि भोको पेट नवलपुर आईपुगेका छन् । उनि भन्छन्, “रोग भन्दा भोक सहन गाह्रो भो।”
    स्थानियले भोकै रहेका यात्रुलाई खाना खुवाईसकेपछी ईलाका प्रहरी कार्यालय रजहरले खाद्यान्न बोक्ने सवारीमा थोरै–थोरै गरेर यात्रुहरुको उद्धार गर्ने जनाएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑