• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

लकडाउनमा घरमै बसि बसि कमाउन सकिन्छ, तपाई पनि गर्न सक्नुहुन्छ ।

पावर संदेश
   ४ बैशाख २०७७, बिहीबार ११:२५  मा प्रकाशित
  • 385 पटक पढिएको







  • अशोक भट्टराई,कावासोती ।
    कोभिड १९ को महामारीका कारण यतिबेला नेपाल सहित संसारका अधिकाशं देशहरूमा लकडाउन छ । नेपालमा पनि  गत चैत्र ११ देखि लागाइएको लकडाउन बैशाख १५ गते सम्मका लागि लम्बिएको छ । तर कोभिड १९ को औषधि र खोप अहिलेसम्म पनि नबन्नु, नेपालमा यसका संक्रमितहरु बढ्दै जानु र छिमेकी देश भारतमा समेत संक्रमितहरु ठूलो  संख्यामा बढ्दै जानुले लकडाउन अझै केहि दिन कायम रहने अनुमान गर्न सकिन्छ । यदि लकडाउन बैशाख १५ पछि खुलेपनि हाम्रो दैनिक साथै देशको अर्थतन्त्र सामान्य अवस्थामा फर्किन महिनौं लाग्ने निश्चित छ ।

    लकडाउनमा फुर्सदको समयलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने चर्चा आज विश्वकै विशाल बहस बनेको छ ।
    लकडाउनले गर्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य केहि अत्यावस्यक क्षेत्रमा कार्यरत व्यक्ति बाहेक प्राय सबैजसो हामी फुर्सदिला भएका छौं । भलै हामी मध्ये केहि घरबाटै केहि घण्टा कार्यालयको काम वा अध्ययनको लागि समय दिइरहेको छौं ӏ आफ्नो महत्वपूर्ण समय घरमा बसेर सामाजिक संजालमा भाईरल भइरहने अनावश्यक सामाग्री हेरेर, मोबाइलमा दिनरात गेम खेलेर वा छिमेकीको कुरा काटेर समय कटाउने कि फुर्सदको केहि समय ज्ञान, सीप र आयआजर्नमा लगाउने ?
    यसकारण तपाईं हाम्रो फुर्सदको समय सदुपयोग गर्न केहि उपायहरु निम्न बुदाँमा प्रस्तुत गरेको छु :
    १) कम्प्युटरमा दक्षता भएका व्यक्तिले नेपाली टाईपिङ्ग, ग्राफिक्स डिजाइन, पोस्टर डिजाइन, भिडियो एडिटिंग  जस्ता काम घरबाटै गर्न सकिन्छ ӏ यसवाट कामको आधारमा राम्रै आम्दानी समेत गर्न सकिन्छ ӏ
    २) यदि तपाईसँग कुनै मनोरंजन गराउन सक्ने कला (जस्तै; नाच्न, गाउन, अभिनय गर्न, आवाज नक्कल गर्न, आदि),  व्यवसाय संचालन सम्बन्धि अनुभव, मेक-अप सम्बन्धि ज्ञान, नयाँनयाँ परिकार बनाउन सक्ने शीप, बिज्ञान प्रबिधि सम्बन्धि ज्ञान, कृषि सम्बन्धि अनुभव, भाषण गर्ने कला आदि छ भने आफ्नो एउटा युट्युब च्यानल (YouTube Channel) खोलि तेस्मा भिडियोहरु अपलोड गर्न सक्नुहुन्छ ӏ यसबाट आम्दानी गर्ने स्रोत भनेको स्थानीय बिज्ञापन साथै गूगल एडसेन्स (Google AdSense) हुन सक्छ ӏ तपाईले आफ्नो युट्युब च्यानलमा आफ्नो स्थानीय संस्कृति तथा पर्यटकीय स्थानको जानकारीहरु राखी आफ्नो ठाउँको प्रचारप्रसारमा समेत योगदान दिन सक्नु हुन्छ ӏ
    ३) यदि तपाईलाई  लेख-रचनामा लगाव छ या कुनै क्षेत्र जस्तै राजनीति, सूचना प्रविधि, फेशन डिजाइन, अन्तरिक सजावट, ब्यबसाय परामर्श, आदिमा दक्खल छ भने आफ्नो विचार, अनुभब र सुझाबहरु आफ्नो ब्लग (Blog) खोलि त्यसमा शेयर गर्न सक्नुहुन्छ र सो वापत स्थानीय बिज्ञापन वा गूगल एडसेन्स (Google AdSense) बाट समेत आम्दानी गर्न सक्नुहुन्छ ӏ
    ४) यदि तपाई शिक्षक, प्रोफेसर वा कुनै विषयबस्तुको ज्ञाता हो भने Udemy, Home Tution Nepal जस्ता अनलाइन टिचिंग प्लेटफर्म साथै जूम (Zoom), गूगल मिट (Google Meet) जस्ता प्रबिधि मार्फत अनलाइन क्लासहरु संचालन गरि आम्दानी गर्न सक्नुहुन्छ । यसका साथै फेसबुक-लाइभ (Facebook Live) बाट समेत आफ्नो ज्ञान तथा अनुभव नि:शुल्क रुपमा वाँडी धेरै जनाको ज्ञान वृध्दि गराउनमा टेवा पुर्याउन सक्नु हुन्छ ।
    ५) यदि तपाई स्कुल वा कलेज जाने विद्यार्थी हो भने आफु हाल पढिरहेको क्लासको राम्रो नोटहरु बनाएर राख्न सक्नु हुन्छ । यसबाट तपाईको आफ्नै पढाईलाई टेवा पुग्ने नै छ ।
    ६) यदि तपाईलाई चित्रकला (पेन्टिंग)मा रुचि छ भने यस्को बिक्रीबाट समेत राम्रो आम्दानी गर्न सक्नुहुन्छ ӏ
     ७) यदि घरमा आमा, हजुरआमा हुनुहुन्छ भने पुरानो कथाहरु सुन्ने , उहाँहरुलाई सहयोग गरि कपासको दियो बनाउने, पातको टपरी बनाउने, माला बानाउने, गुन्द्रुक बनाउने, अचार बनाउने जस्ता कामहरु सिक्न सक्नुहुन्छ । यसरी बनेका सामाग्री आफैँ प्रयोग गर्दा पैसा बचाउन सक्नुहुन्छ भने बिक्रि गरेमा केहि आम्दानी समेत गर्न सक्नुहुन्छ ӏ
    ८) यति बेला तपाई लकडाउनको कारण घर-परिवारको साथमा धेरै समय बिताउन पाउनु भएको छ । यो बेलामा घर परिवारसँग आफ्नो तथा परिवारको भावी योजना, बजेट, बालबच्चाको उच्च शिक्षाको योजना बनाउन सक्नु हुन्छ, जसले गर्दा तपाई अनाबश्यक खर्चहरु कटौती गर्ने, नयाँ आम्दानीका स्रोतहरु पहिचान गर्ने तथा पारिवारिक व्यवस्थापन गरि समग्र परिवारको आर्थिक उन्नति गर्न सक्नु हुन्छ ।
    ९)  यदि तपाईसँग खेति गर्नको लागि जग्गा जमिन छ वा भाडामा लिएर भएपनि गर्न सकिने अवस्था छ भने जमिनलाई खाली नराख्नुहोस् । फुर्सदको समयमा परिवार संगै मिलेर कमसेकम आफुलाई पुग्ने भएपनि तरकारी वा अन्नवाली लगाउनतर्फ़ लाग्नुहोस् । जसले गर्दा पैसाको बचत त हुने नै छ, केहि समय खेतिवालीमा लगाउँदा तपाईलाई कसरत समेत हुन्छ भने आफुलाई आवस्यक भन्दा बढी हुने कृषिजन्य उत्पादन बिक्री गरि केहि आम्दानी समेत हुनेछ । यदि तपाईसँग थोरै भएपनि तरकारी लगाउने करेसावारी छ भने करेसावारीमा र त्यो छैन भने आफ्नै घरको छतमा समेत गमला वा कुनै पुरानो भाँडोमा माटो राखी आफुलाई दैनिक प्रयोग हुने तरकारी फलाउन सक्नुहुन्छ ।
    १०) यदि तपाई विदेशबाट फर्किनुभएको हो, फर्किने सोचमा हुनुहुन्छ वा नेपालमै रहेर पनि बेरोजगार भई अब के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने आफ्नो रुचि भएको व्यवसायमा संलग्न ब्यापारी साथी-भाई, इस्टमित्र, व्यवसाय परामर्शदाता, बैंकर्स आदिसँग टेलीफोन वा अनलाइनको माध्यमबाट नयाँ व्यवसाय दर्ता, संचालन, बैंक लोन, सरकारी अनुदान, व्यवसायमा पर्ने समस्या, नयाँ अवसर आदिको बारेमा जानकारी लिन सक्नुहुन्छ ӏ यसरी प्रयाप्त जानकारी लिई नयाँ व्यवसाय संचालन गरेमा व्यवसाय घाटामा जाने सम्भावना समेत कम रहन्छ ।
    ११) यदि तपाईं भर्खर पढाई पूरा गरि रोजगारीको खोजीमा हुनुहुन्छ भने आफ्नो राम्रो वायो-डाटा बनाउनुहोस्, साथै आफुले खोजिरहेको जागिरको लागि चाहिने कुनै सीप तपाईसँग छैन भने इन्टरनेटको माध्यमबाट वा अग्रजहरुसँग सिकी आफुलाई निखार्न तर्फ़ लाग्नुस्, जसले गर्दा तपाइले चाहेको जागिर पाउन सजिलो हुनेछ । तपाई जागिरे हुनुहुन्छ तर आफ्नो कुनै सीप वा जानकारीको अभावले आफ्नो प्रमोसन रोकिरहेको छ भने त्यस्तो तालिम वा सीप अनलाइनको माध्यमबाट आर्जन गर्नुहोस् ।


    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑