
देवचुली ।
देबचुली नगरपालिकाले कृषि प्रयोजनमा जोत्ने ट्रयाक्टरको भाडादर कायम गरेको छ । लकडाउन अवधिभर नगरपालिकाका सिचाईयोग्य जमिनमा तत्काल खाद्य वाली लगाई उत्पादन बृद्धि गर्न भन्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
देवचुली ट्रयाक्टर ब्यवस्थापन समितिसँगको सहकार्यमा लकडाउनको समयलाई मध्यनजर गर्दै नगरबासिलाई कृषिमा आत्मनिर्भर बनाउन नयाँ भाडादर कायम गरिएको जनाईएको छ ।
प्रतिघण्टा १ हजार ८ सय रुपैंया रहेकोमा ३ सय रुपैंया घटाएर १ हजार ५ सय कायम गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

भुसालले देवचुली नगरभित्र सिँचाईयोग्य रहेका जमिन बाँझो राख्न नपाईने बताउदै सिँचाईको लागि आवश्यक पर्ने बिऊ, सिँचाई लगाएत प्राविधिक सहयोग उलबब्ध गराईने जानकारी दिनुभयो ।
नगरपालिकाले खाद्यान्न तथा तरकारी उत्पादनका लागी सिंचाई पहुच भएका जमिन उपयोग गर्न नगरबासीलाई आह्वान गरेको छ ।