भिम भुसाल, देवचुली ।
सरकारले घोषणा गरेको लकडाउनको आज २३ औँ दिन चलिरहदा प्रगतिनगरका स्थानियले अलपत्र परेका भोका यात्रुलाई खाजा, पानी र छाताको ब्यवस्था गरेको छ । पुर्व–पश्चिम राजमार्ग भएर पैदल हिड्ने यात्रुलाई प्रगतिनगरका ब्यक्तिहरुले एक बोत पिउने पानी, चाउचाउ, बिस्कुट तथा घाममा हिड्ने पैदल यात्रुलाई छाताको ब्यवस्था गरेको हो ।
देवचुली नगरपालिकाको प्रगतिनगरमा बसोवास गर्ने सहयोगी ब्यक्तिहरु मिलेर पैदल यात्रुहरुको सहजताको लागि सहयोग संकलन गरी पैदल यात्रीलाई सहयोग गरिएको अभियानका अभियान्ता जिवन श्रेष्ठले बताउनुभयो ।
आजदेखि शुरु गरिएको सहयोग अभियानमा काठमाण्डौ तथा नारायणगढदेखी आएका रोल्पा, चनौटा, बुटवल, बर्दिया लगाएतका स्थानमा हिडेका पैदल यात्रुलाई खाजा पानी बितरण गरिएको अभियान्ता श्रेष्ठले बताउनुभयो । लकडाउन अवधिभर निरन्तर रुपमा भोका पैदल यात्रीलाई सहयोग गरिने समेत अभियान्ताहरुले बताएका छन् ।