• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

इतिहासमा आज : सगरमाथा आरोहणको कालो दिन, हिमपहिरोमा १६ शेर्पाको मृत्यु

पावर संदेश
   ६ बैशाख २०७७, शनिबार ०९:३३  मा प्रकाशित
  • 1108 पटक पढिएको







  • आज १८ अप्रिल । ६ वर्षअघि आजैका दिन सगरमाथामा आएको डरलाग्दो हिमपहिरोमा पुरिएर १६ जना नेपाली पर्वतारोहण पथप्रदर्शकको मृत्यु भएको थियो । सगरमाथाको इतिहासमा मानिसको ज्यान लिने यो सबैभन्दा ठूलो दुर्घटना हो ।

    बिहान झन्डै ६ बजेर ३० मिनेट जाँदा  हिमपहिरो आएको थियो । यसले सबैभन्दा ठूलो असर झन्डै १९ हजार फिटस्थित ‘खुम्बु आइसफल’ मा पारेको थियो, जतिबेला शेर्पा पथप्रदर्शकहरु आरोहणमा आएका अन्य समुहका लागि आवश्यक तयारी गर्दै बसेका थिए । हिमपहिरो भनिए पनि यो अलिक फरक प्रकृतिको थियो । हिउँभन्दा पनि सगरमाथाको पश्चिमी भागबाट टुक्रिएको बरफका ठूला टुक्राहरु त्यहाँ खसेका थिए । ती बरफका टुक्राहरु ३४.५ मिनटरसम्म बाक्लो र १४.३ किलोग्रामसम्म तौल भएका थिए ।

    यस दुर्घटनामा कुनै विदेशीको भने मृत्यु भएन, यसले शर्पाहरुले कसरी ज्यानको बाजी राखेर विदेशी आरोहीहरुलाई सहयोग गरिरहेका छन् भन्ने विषयलाई फेरि बहसमा ल्यायो ।

    १३ जनाको शव दुई दिनपछि भेटिएको थियो भने ३ जनाको शव अझै फेला परेको छैन । मारिने मध्ये ५ जना डिस्कभरी च्यानलका लागि काम गरिरहेका थिए । जोबी ओग्विनले सगरमाथाबाट बेसजम्प गर्ने तयारीको सुटिङका लागि उनीहरु काम गर्दै थिए ।

    घटनापछि २२ अप्रिलमा शेर्पाहरुले मृत्तकको सम्मानमा सन् २०१४ को बाँकीको सिजनमा काम नै नगर्ने घोषणा गरेका थिए ।

    सन् १९७० अप्रिल ५ मा पनि खुम्बु आइसफलमा नै हिमपहिरोमा परी ६ जना शेर्पाहरुले ज्यान गुमाएका थिए । त्यतिबेला जापानी युचिरो मिउरामा आधारित द म्यान हु स्काइड डाउन एभरेस्ट नामक वृत्तचित्र निर्माण भइरहेको थियो ।

    २०१४ अघि १९९६ मा एभरेस्टमा सबैभन्दा ठूलो दुर्घटना निम्तिएको थियो, हावाहुरीका कारण ८ जना आरोहीले एकैपटक ज्यान गुमाए भने एकै सिजनमा कुल १५ जनाको मृत्यु भयो ।

    सन् १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता २०१६ को डाटाअनुसार ४ हजार ४ सय ६९ ले सगरमाथा आरोहण गरिसकेका छन् । सन् १८६५ मा भूगर्भविद् जर्ज एभरेस्टको नामबाट बेलायतीहरुले सगरमाथाको नाम नै एभरेस्ट जुराएका थिए  । यस हिमाललाई तिब्बतीहरु चोमोलुङ्मा भन्छन् ।

    महत्वपूर्ण घटनाक्रम

    सन् १९०२– अपराधी पहिचानका लागि डेनमार्कले सबैभन्दा पहिले फिंगरप्रिट दर्ता गर्न सुरु ग¥यो ।

    सन् १९४८, नेदरल्यान्डको हेगमा इन्टरनेशनल कोर्ट अफ जस्टिस स्थापना ।

    सन् १९५५ – विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टिनको ७६ वर्षको उमेरमा अमेरिकाको न्यु जर्सी, प्रिन्सटनस्थित एक अस्पतालमा निधन ।

    सन् १९८० – बेलायतबाट जिम्बाबेलाई स्वतन्त्रता ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑