• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

मोरङ र सुनसरीको मस्जिदमा ९१ जना विदेशी

पावर संदेश
   ६ बैशाख २०७७, शनिबार २०:२३  मा प्रकाशित
  • 295 पटक पढिएको







  • हरि अधिकारी, विराटनगर ।

    मोरङका विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी रहेको मस्जिदमा ३१ जनाले आश्रय लिइरहेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी, १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्सी नगरपालिकामा ९ जना पाकिस्तानी, धनपालथान गाउँपालिका ७ को जामे मस्जिदमा १० भारतीय लकडाउन अघिदेखि बसिरहेका हुन् । जहदा गाउँपालिकामा पर्ने सिक्टी क्षेत्रमा भने १२ जना नेपाली बसेका छन् । उदयपुरको मस्जिदमा संक्रमित भेटिएका कारण यो संख्या बढ्न सक्ने प्रहरी अधिकृत बताउँछन् ।

    मस्जिदमा भेटिएका सबै मुस्लिम धर्म गुरु हुन् । उनीहरु सबैको र्‍यापिड टेस्ट गर्दा एण्टीबडी नेगेटिभ देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मस्जिदमा बसेकाहरु प्रहरीको निगरानीमा छन् ।

    धनपालथान गाउँपालिकाले भारतीय नागरिक बसोबास गरिरहेको मस्जिदलाई नै क्वारेन्टाइन बनाएको गाउँपालिका अध्यक्ष हरिलाल सिंहले बताए । उनका अनुसार गाउँमा बस्ने सबैको र्‍यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    सुनसरीमा ७२ जना विदेशी

    यस्तै सुनसरीमा भने ७२ जना विदेशी नागरिक भेटिएका छन् । विदेशी नागरिक पाकिस्तान र भारतबाट आएका हुन् । विभिन्न मस्जिदमा भेटिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले बताए ।

    ‘कोरोनाबारे सचेत नै देखिएनन्,’ उनले भने, ‘संख्या बढ्नसक्ने भएकाले मस्जिद खाली गराएर सबैलाई क्वारेन्टाइनमा राखेका छौं ।’ सुनसरीमा पनि विदेशी नागरिकको संख्या थपिने क्रममा छ ।

    कमजोर सुरक्षा संयन्त्र

    प्रहरी स्रोतकाअनुसार पछिल्लो समय सम्पर्कमा आएकाहरु सबैले सप्तरीमा भएको धार्मिक सभाका लागि आएको बताएका छन् । सभाका लागि भित्रिएकाहरु तत्कालै भित्रने स्थानीय प्रशासनले बताएको थियो । तर उनीहरु भित्र भित्रै लुकेर बसेको स्थानीय प्रशासनले जानकारी समेत पाएन ।

    मस्जिदमा बसेकामध्ये केही मात्र स्थानीय प्रशासनले खोजी गर्दा भेटेका हुन् । मोरङको हकमा भने तीनै स्थानमा बसेकाले लकडाउन कडाई गरेपछि प्रशासनलाई जानकारी गराएका थिए । सुनसरीका डीएसपी शर्मा सर्बसाधारणबाट सहज रुपमा सूचना नै नआएको बताउँछन् ।-अनलाईन खबर



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑