• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

७२ दिनपछि हुप्सेकोटले पायो नयाँ प्रशासकीय अधिकृत

पावर संदेश
   ९ बैशाख २०७७, मंगलवार १२:१९  मा प्रकाशित
  • 564 पटक पढिएको







  • नारायण शर्मा, नवलपरासी ।

    पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई आइतवार हाजिर हुन दिएर काममा लगाइएको छ । यसअघि ७२ दिन पहिला त्यहा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरुलाई नेकपाको नेता भन्दै गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले हाजिर हुन दिएकी थिइनन ।
    उनी हाजिर हुन नपाएरै ७२ दिनपछि हुप्सेकोटवाट आइतवार बिदा भए । पनेरु मन्त्रालयमा सरुवा भएका छन । पाल्पाको तिनाउ गाउपालिकावाट हुप्सेकोटमा सरुवा भएका पनेहरुले गाउपालिकामा हाजिर हुन आउनु अघि गाउपालिका नजिकै रहेको नेकपाको कार्यालयमा पुगेर अबिर जात्रा गरेको आरोप लगाइएको छ ।
    गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा आएका पनेरुले गाउपालिकामा हाजिरहुनु अगावै नेकपाको कार्यालयमा कार्यकर्ता भेटघाट गरेर अबरिजात्रा गरेको भन्दै काँग्रेस भित्र विरोध भएको थियो । उनले आफु नेकपा रहेको र पार्टी निर्देशन अनुसार हुप्सेकोट गाउपालिकामा काम गर्ने भन्दै मुठी उचालेको सूइको पाएपछि गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले कार्यलयमा हाजिर गर्न नदिएकी स्रोतले जनाएको छ ।
    पनेरु नेकपा निकट कर्मचारी संगठनका केन्द्रीय सदस्य समेत रहेका ब्यक्ति हुन । प्रमुख अधिकृतलाई काम गर्न नदिदा त्यहा बिकास निमार्णको काम ठप्प थियो र कोरोना संक्रमण शुरु भएपछि स्थानीयलाई गाउपालिकाबाट वितरण हुने राहतमा पनि ढिलाइ भएको थियो । पनेरुलाई हुप्सेकोट आउनु अघि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा पनि हाजिर हुन दिइएको थिएन ।
    त्यसपछि उनी गत माघ २६ गते हुप्सेकोटमा सरुवा भएर आएका थिए । पनेरुलाई पाल्हीनन्दनमा पनि हाजिर नगरी बिदा गरिएको थियो । यस पटक उनि मन्त्रालयमा तानिएका हुन ।
    हुप्सेकोटमा गाउपालिका अध्यक्ष सहित बहुमत नेपाली कांग्रेसको छ । पाण्डे कांग्रेसमा पनि कडा मिजासकी भनेर चिनिन्छिन । त्यस अघि त्यहा कार्यरत प्रमुख प्रशासकिय अधिकृत लिलावल्लभ न्यौपाने गत फागुन १६ गते सरुवा भएर मन्त्रालय गएपछि उनको स्थानमा पनेरु आएका थिए । पाण्डे लिलाबल्लभलाई नै थमौति गर्न मन्त्रालय घाएको धायै थिइन ।

    पनेरुलाई २ महिनासम्म गाउपालिकाले काममा नलगाएपछि स्थानिय बिकास मन्त्रालयका पछि प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको गाउपालिकामा आइतवार देखि सापकोटा हाजिर भएर काम शुरु गरेका हुन । पनेरु हरेकदिन हुप्सेकोट गाउपालिकाको कार्यालयमा आएर काम नगरि बदाम खाएर समय काटन बाध्य थिए । आइतवार कार्यलयमा अँएका सापकोटालाई अध्यक्ष पाण्डेले फुलमाला र अबिर लगाएर स्वागत गरेकी हुन । सापकोटा आइतवार नै हाजिर भएर काम थालेका छन । नया हाजिर भएका सापकोटाले हुप्सेकोट गाउपालिकालाई नमुना गाउपालिका वनाउने अध्यक्षको संकल्पलाई आफुले सघाउने दावी गरेका छन । हुप्सेकोट गाउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै महीला छन । अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपाबाट बिजयी भएकी हुन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑