भिम भुसाल, देवचुली ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि देवचुली नगरपालिकाले जनस्तरबाट शुरु गरेको खाद्यान्न बैङ्कमा डाक्टर आशिषबावु अर्यालले ब्यक्तिगत सबैभन्दा धेरै रकम सहयोग गर्नुभएको छ । सरकारले लकडाउन शुरु गरेसँगै देवचुली नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार तथा श्रमिकलाई राहत स्वरुप निमार्ण गरेको खाद्यान्न बैङ्कमा डाक्टर आशिषले ब्यक्तिगत एक लाख एक हजार एक सय एघार रुपैया (१०१,१११।) नगद नगरपालिकालाई हस्तान्त्रण गर्नुभएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका डाक्टर आशिष बाबु अर्यालले नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, नगर प्रवक्ता क्या. डिल बहादुर खत्री , वडा नं. ३ अध्यक्ष श्री गोपाल राज शर्मा लम्साल र डा. विद्या भुसाल मार्फत नगद हस्तान्त्रण गर्नुभयो ।
हाल सम्मको खाद्यान्न बैङ्कमा व्यक्तिगत रूपमा सबै भन्दा उच्च रकम सहयोग गर्ने ब्यक्तिको पहिलो नम्बरमा डाक्टर आशिषको नाम आएको छ । कोरोनाको जोखिम समयमा समेत चौबिसै घण्टा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा सेवा दिदै आईरहेका डाक्टर आशिषले आफू भोको पेट सेवा दिएर भएपनी स्थानियको सहयोगमा जुट्ने बताउनुभएको छ । साथै जोखिमको समयमा स्वास्थ्यकर्मिको मनोबल बढाउन हौसला प्रदान गर्ने सम्पुर्ण नगरवासी, स्वाथ्यसंस्थाका सहकर्मि, देवचुली नगरपालिका तथा मिडियाकर्मिलाई डाक्टर आशिषले धन्यवाद प्रकट गर्नुभएको छ । स्वास्थ्यकर्मीहरु पुर्णरुपमा सुरक्षित नहुदा समेत चौबिसै घण्टा बिरामीको सेवामा खटिएका डाक्टर आशिषको योगदान प्रति समग्र देवचुली नगरपालिका परिवारले धन्यवाद ज्ञापन गरेको छ ।