काठमाण्डौ ।
काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ। उहाँको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएकाले आजै डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको स्रोतले जनाएको छ ।
धादिङका ३२ वर्षका सङ्क्रमितको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्जबारे छलफल भइरहेको स्रोतले बतायो । उहाँ, गएको चैत ६ गते दुबईबाट नेपाल आउनुभएको थियो ।
उहाँ निको हुनेमा छैटौं व्यक्ति हुनुन्छ । नेपाल आएपछि होटलमा बसेको छैटौं दिनमा उहाँ अस्पताल पुग्नुभएको थियो । परीक्षण गर्दा १२ गते कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको थियो । यसअघि ५ जना निको भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमित ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।