
गैंडाकोट ।
नवलपुरको गैंडाकोट १० मा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । काठमाण्डौ निवासी मिराज रिसोर्ट पितौजीका प्रोपाइटर समिर सिंह क्षेत्री र उहाँको माता उषा सिंह क्षेत्रीले आफ्नो स्वर्गिय दाजु र छोरा सुदीप क्षेत्रीको पुन्य स्मृतिमा सो गैंडाकोट १० पितौजीका २० परिवारलाई खाद्यान्न वितरण गर्नुभएको रिसोर्टका प्रोपाइटर क्षेत्रीले बताउनुभयो ।

सो अवसरमा कोरोनाले आक्रान्त पारेकोले दैनिक ज्यालादारी गरेर खाने विपन्न परिवारलाई समस्या परेको भन्दै खाद्यान्न सहयोग गरिएको सींहले बताउनुभयो । सो अवसरमा त्यस क्षेत्रका समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
गैंडाकोट १० मा नै रिसोर्ट सञ्चालन गर्दै आउनुभएका समिर सिंह क्षेत्रीले यसअघिपनि विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आउनुभएको छ भने उहाँ युवा व्यवसायी पनि हुनुहुन्छ ।