
कावासोती ।
लक डाउनको समयमा कावासोति नगरपालिका वडा न १५ मा बुधबार केही समुहले भिडभाड गर्ने, अंतकित गर्ने , सामाजिक सन्जाल मार्फत अफवाह फैलाउने , समाजिक सद्भाव विथोल्ने जस्ता गरितिधि गरेकोमा कावासोति नगरपालिका वडा न १५ को नेकपा र नेपाली काङ्ग्रेस वडा कमिटिद्वारा गम्भीर ध्यानाकर्षण भयको जनायको छ ।

नेकपा वडा कमिटी अध्यक्ष खङ्ग नारायण महतो र काङ्ग्रेस वडा सभापति मान बहादुर महतोद्वारा हस्ताक्षरित सयुक्त विज्ञप्तिमा भनियको छ विश्व महामारिको रुपमा देखा परेको कोरना भाईरसको रोकथामका लागि अवलम्वन गरेका विवध गतिविधि हरुमा वडा वासिहरुको साथ र सहयोगका लागि अनुरोध गरिएको छ । साथै लक डाउनको पुर्ण रुपमा पालना गर्न र समाज विकासको साथै शान्ति सुव्यवस्था निर्माण गर्न सबै सग अनुरोध समेत गरिएको छ ।
सामाजिक सद्भाव , सामाजका गुनासो , सामाजिक मुद्दाहरुलाई शान्ति पुर्ण रुपमा सामधान गर्न सकिने भएकाले सामाजिक सद्भाव र सहिष्णुता नखल्वल्याउन सयुक्त विज्ञप्ति मार्फत आग्रह समेत गरियको छ । बिहिबार सयुक्त विज्ञप्ति मार्फत वडाबासिहरुमा भ्रमात्मक हल्लाको पछि नलाग्न समेत अनुरोध गरिएको छ ।