काठमाडौं ।
अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्द्रित नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ । बेमौसममा अर्काको पार्टी फुटाउनका लागि प्रधानमन्त्रीकै निर्देशनमा सांसदको ‘अपहरण’ गरिएपछि ओली सरकार राष्ट्रिय बेइज्यतीको शिकार बनेको छ । समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई जबरजस्ती काठमाडौं ल्याइएको खुलासा भइसक्दा पनि प्रधानमन्त्रीले यसको जवाफ जनतालाई दिन सकेका छैनन् ।
अहिले प्रधानमन्त्री ओली पार्टीभित्रका सबै तहमा अल्पमतमा परिसकेका छन् । संसदीय दलमा पनि उनी अल्पमतमा छन् । संसदीय परम्पराअनुसार पार्टीमा अल्पमतमा परिसकेपछि र गम्भीर नैतिक प्रश्न उठिसकेपछि के गर्नुपर्छ, त्यसको जानकार उनी पक्कै छन् । प्रधानमन्त्रीको नैतिकतामाथि नै पार्टीभित्रैबाट प्रश्न उठेकाले अब बस्ने स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग हुन सक्ने प्रष्ट देखिएको छ । र, त्यस्तो भएमा उनी अल्पमतमा पर्ने निश्चित छ ।
पार्टी सचिवालयबाट नभएर महेश बस्नेत, गोकुल बास्कोटा र सर्वेन्द्र खनालहरुको सल्लाह-सहकार्यमा चलिरहेका प्रधानमन्त्री ओली पार्टी पद्दतिमा चल्नुको साटो फेरि पनि गणितीय जोडघटाउमा लाग्ने र आफ्नो पक्षमा बहुमतमा लाग्ने खेलमा लागेका छन् । यसका लागि उनले नेकपाका सांसदहरुको नामावली संकलन गरेर विपक्षमा रहेकाहरुलाई आफ्नो गुटतिर ल्याउने खेल सुरु गरिरसकेका छन् । यही सिलसिलामा प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमसँग बालुवाटारमा लामो छलफल गरेका हुन् ।
यी छलफलहरुमा पनि उनी पार्टी निर्णय मानेर चल्नेतर्फ नभई पूर्वमाओवादी र पूर्वएमालेको कार्ड खेल्न चाहन्छन् भन्ने संकेत देखिइसकेको छ । अहिले पनि प्रधानमन्त्री ओली आफूलाई माधवकुमार नेपाल र वामदेव गौतमहरुले विगतमा जस्तै साथ दिन्छन् र सत्ता जोगाइदिन्छन् भन्ने आशमै छन् । पुरा समाचार अनलाइनखबरमा