देवचुली ।
पावर नवलपुर मिडिया प्रा.लि. का सञ्चालक समिति सदश्य चोक नारायण भुसाललाई मातृ शोक परेको छ । भुसालकी आमा खैसरा भुसालको ७२ बर्षको उमेरमा आज सोमबार बिहान ४ः२८ को समयमा निधन भएको हो ।
वि.सं. २००५ साल असार ११ गते जम्मिनुभएकी भुसालको आफ्नै निवासमा निधन भएको हो । २ छोरा र ३ छोरीलाई जन्मदिनुभएकी भुसालको निधनप्रती पावर नवलपुर मिडिया प्रा. लि.ले गहिरो शोक ब्यक्त गरेको छ । मिडियाका अध्यक्ष पवन बुढाथोकीले मिडिया सञ्चालकहरुको तर्फबाट उहाँको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने अपेक्षा ब्यक्त गर्नुभएको छ ।
भुसाल परिवारले सागर जानुभएका, आफन्त, ईष्टमित्र, छिमेकी लगाएतका महानुभावलाई १३ औँ दिनको पुण्य तिथिमा बैशाख २७ गते शनिवार आफनै निवास सिताबासमा आउन आग्रह गरेका छन् ।
मिडिया सञ्चालक भुसाल देवचुली पर्वत समाजको समेत अध्यक्ष रहनुभएको छ ।