
चोरमारा ।
लकडाउनको बेला गिटी बालुवा चोर्ने दुई वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुप्सेकोट गाउँपालिका ४ झ्यालबासको गिरुवारी खोलाबाट कुलो सिचाई मर्मतका लागि भन्दै गिटी चोर्ने दुई वटा ट्याक्टर चोरमारा स्थित सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना ६ त ५१२९ र ना ७ त १४०२ नम्बरको टुयाक्टरलाई नियन्त्रणमा लिएर राखेको जनाएको छ ।