नवलपुर ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा काम गर्ने क्रममा आज एक जना मजदुरको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका ४ निवासी २५ बर्षीय मदनदास श्रेष्ठको निधन भएको नवलपुर प्रहरीले जनाएको छ । कारखानाको दोस्रो तल्लामा काम गरिरहँदा उनी खसेर गम्भीर घाईते भएका थिए।
गम्भीर घाईते श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै निधन भएको हो ।