
बिबेक भण्डारी, देवचुली ।
इलाका प्रहरी कार्यलय रजहर नवलपुरले शुक्रवार घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ । घरेलु मदिरा लिएर फारम चोकमा आएका केहि व्यक्तिहरु प्रहरी देखि भाग्न खोज्दा उनिहरु संगै मदिरा समेत नियन्त्रणमा लिइ नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहन खाँडले जानकारी दिए ।

नियन्त्रणमा लिएको मदिरा ६ सय ५० लिटर रहेको थियो । मदिरा वडा नम्बर २ का वडा अध्यक्ष माधव केसी र सुरक्षाकर्मीको रोहवरमा नष्ट गरिएको जानकारी दिए ।