भिम भुसाल, नवलपुर ।
पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा लकडाउन कै समय सवारी दुर्घटना भएको छ । आज दिउसो ४ः४५ को समयमा देवचुली नगरपालिका १० भित्रि सडक खण्डमा सवारी दुर्घटना भएको हो । दुर्घटनामा परि ४ जना घाईते भएका छन् । जसमा एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५८ प ८३७४ नम्बरको स्कुटर र उत्तरबाट दक्षिणतर्फ आउदै गरेको ना २ ह ४५६८ नम्बरको अटो एक आपशमा ठक्कर खाँदा अटोमा सवार ३ जना र स्कुटर चालक घाईते भएका हुन् ।
स्कुटर चालक बुलिङटार गाउपालिका ६ राईकोट घर भै हाल देवचुली नगरपालिका १५ प्रगतिनगर डेरा गरि बस्ने वर्ष २४ की मुना सारु मगरको टाउकोमा चोट लागेको छ । अटोमा सवार देवचुली ११ बस्ने वर्ष २३ को सागर चापागाईको हात र खुट्टामा चोट लागेको छ भने सोहि ठाऊ बस्ने वर्ष ३५ को सुमित्रा चापागाईलाई सामान्य चोट लागेको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले जानकारी दिए ।
अटो चालक देवचुली ५ कदमपुरका वर्ष २९ को दिपक न्यौपाने सामान्य घाईते भएका छन् । घाईते २ जनालाई भरतपुर अस्पताल चितवन पठाईएको छ भने २ जनाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र देवचुलीमा उपचार भैरहेको छ । दुबै सवारी प्रहरीको नियन्त्रणमा रहेको छ ।