
काठमाडौं ।
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् ।

उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।
अब नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । त्यस मध्य १६ जना निको भएर घर फर्केका छन् ।