
काठमाडौं–कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि बाँकेको नेपालगन्जमा आज ११ बजेदेखि कर्फ्यू लगाइँदैछ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो। मंगलबार बिहान ७ बजेदेखि ११ बजेसम्म किनमेलका लागि खुला गरिएको थियो।
कर्फ्यूको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न पाइने छैन। बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालगञ्जमा शुक्रबार १ जना, आइतबार १५ जना र सोमबार ७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो। नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।
